दफा १०
जग्गा प्राप्त गर्ने सूचनामा खुलाउनु पर्ने अन्य कुराहरू :
दफा ९ को उपदफा (१) बमोजिम जारी हुने सूचनामा सरोकारवाला व्यक्तिको जानकारीको निमित्त देहायका कुराहरू समेत खोलिदिनु
पर्छ :
(क) सरोकारवाला व्यक्तिले मुआब्जामा दाबी गर्न आ—आफ्नो हकदैया वा भोग चलन सम्बन्धी निस्सा प्रमाण सहित निवेदन गर्नको लागि कम्तीमा पन्ध्र दिनको म्याद,
(ख) सरोकारवाला व्यक्तिले त्यस्तो जग्गामा लगाएको बाली वा रुख काट्न तथा त्यसमा रहेका घर, पर्खाल आदि भत्काई लैजान पाउनेभए त्यस्तो वाली रुख घर
पर्खाल आदि लैजान पाउनेम्याद ।